आगामी निर्वाचनमा पालिका स्तरमै पाँच दलीय संयन्त्र बनाउने , महानगरको उम्मेद्धार केन्द्रले टुंगो लगाउने

आगामी निर्वाचनमा पालिका स्तरमै पाँच दलीय संयन्त्र बनाउने , महानगरको उम्मेद्धार केन्द्रले टुंगो लगाउने

  • बिहिबार, चैत्र १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ चैत्र १७ । सत्ता गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहमा समेत पाँच दलीय संयन्त्र बनाउने निर्णय सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । यही संयन्त्रले गठबन्धनको अवस्ता के छ ? कसरी गर्ने भन्ने बिषयमा प्रतिवेदन पाँच दिन भित्र पेश गर्ने पनि मन्त्री कार्कीले जानकारी दिए ।

शीर्ष नेताहरुले संयन्त्रको प्रतिवेदनपछि अनि कसरी कुन कुन ठाँउमा कुन कुन दलले उम्मेद्धारी दिने भन्ने बारेमा आधार बनाउनेछन् । सञ्चारमन्त्री कार्कीका अनुसार गठबन्धन दलका नेताहरूले प्रधानमन्त्री देउवालाई भारत भ्रमणको सफलताको शुभकामना व्यक्त गरेका गरेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ