पन्त, सिंह र धानुक नेपाल प्रहरीको एआईजीमा बढुवा, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

पन्त, सिंह र धानुक नेपाल प्रहरीको एआईजीमा बढुवा, यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

  • बिहिबार, चैत्र १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौँ १७ चैत । सरकारले नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।

गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू पन्त, सिंह र धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।

वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा कनिष्ठ रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको भन्दै उनीहरुको बढुवाका लागि भएको सिफारिसविरुद्ध लोक सेवा आयोगमा उजुरी परेको थियो । चैत १३ तीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले लोक सेवा आयोगको ‘उजुरी सुन्ने’ समितिमा निवेदन दिएकोमा समितिले सिफारिसमा कुनै त्रुटि नदेखिएको भन्दै निष्कर्ष निकालेको थियो ।

यस्तै, सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त गरेको छ । पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा संगीता खड्कालाई नियुक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ