बिहे गर्न माग्न पुगेका युवासँग यौन सम्बन्ध, विवाह नभएपछि बलात्कारको उजुरी हाल्ने युवती साढे तीन वर्ष जेल गईन्

बिहे गर्न माग्न पुगेका युवासँग यौन सम्बन्ध, विवाह नभएपछि बलात्कारको उजुरी हाल्ने युवती साढे तीन वर्ष जेल गईन्

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 21.4K
    SHARES

चैत्र १६ काठमाण्डौँ । बिहे गर्ने कुराकानी छिन्न घरैमा आएका युवासँग सहमतिमै यौन सम्बन्ध बनाएर पछि बिहे नहुने भएपछि बलात्कारको मुद्धा दर्ता गरेकी अछामकी एक युवतीलाई अदालतले साढे ३ वर्ष जेल सजाय तोकेको छ । साथै आरोपी युवालाई सफाई दिएको छ ।
न्यायाधीश नविन कुमार जोशीले बलात्कारको झुटा आरोप लगाउने कमलबजार नगरपालिकाकी १९ वर्षीय युवतीलाई तीन वर्ष ६ महिना जेल सजाय सुनाएको हो।

ती युवतीले रामारोशन गाउँपालिका ४ बाटुलासैनका २० वर्षीय नन्दराम खनाललाई जबरजस्ती गरेको भन्दै फागुन १० गते जिल्ला अदालत अछाममा मुद्दा दायर गरेकी थिइन्। विहेको लागि कुरा गर्न खनाल आफन्तसहित माघ १५ गते ती युवतीको घरमा गएका थिए। सोही दिन युवतीकै घरमा एकै कोठामा अलग्गै सुतेपनि राति एक पटक जबरजस्ती बलात्कार गरेको अभियोग लगाएकी थिईन् ।

विवाह गरौंभन्दा युवकले घरमा मान्छे वितेको र उमेर पुगेपछि विहे गरौँलाभन्दा रिसले मुद्दा दायर गरेको ती युवतीले अदालतको बकपत्रमा स्वीकारेपछि अदालतले उनलाई उल्टै सजाय दिएको हो ।

पीडित भनिएकी युवतीले रिसले जाहेरी दिएको युवकलाई झुटा मुद्दामा फसाउन खोजेको तथ्य फेला परेको फैसलामा उल्लेख गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी