एमाले भनेको एक क्विन्टलको ढक हो, चुनाव लडेर जितौँला भनेर कुनै पार्टीले नसोचे हुन्छ : ओली

एमाले भनेको एक क्विन्टलको ढक हो, चुनाव लडेर जितौँला भनेर कुनै पार्टीले नसोचे हुन्छ : ओली

  • बुधबार, चैत्र १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

चैत्र १६ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै एक क्विन्टलको ढक भएको दाबी गर्दै गठबन्धनका पाँच दललाई एक एक किलोको ढक भएको संज्ञा दिएका छन् ।
आज भक्तपुरमा तरकारी बजारको उद्घाटन गर्दै उनले तराजुमा एक एक किलोको पाँच वटा ढक राख्दा र अर्कोतिर एक क्विन्टलको ढक राख्दा कस्तो हुन्छ ? एमाले भनेको त्यही एक क्विन्टलको ढक हो, आउने निर्वाचनमा यस्तै हुन्छ ओलीले भने ।

त्यसै कारण कुनै पनि पार्टीले एक्लै चुनाव लडेर एमालेलाई हराँउला र आफूले जितौँला भनेर नचिताए हुने ठोकुवा गरे ।
उनले अहिलेको सत्ता गठबन्धन लोभी पापीहरुको गठबन्धन भएको पनि जिकिर गरे ।
पाँच दल गठबन्धन गरेर चुनाव लडेपनि एमालेसँग उनीहरुले जीत्न नसक्ने दाबी उनको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ