१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको छ । स्थानीय तहको आवस्यकता र परिस्थिति हेरेर गठबन्धन गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
गठबन्धन गर्दा स्थानीय तहमा सकिय सत्तारुढ गठबन्धनभित्रै बसेर गर्ने पनि काँग्रेसले निर्णय गरेको छ । गठबन्धनका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाउने पनि काँग्रेसको निर्णय छ ।
साथै बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उपसभापति पूर्णबहादुर खड्कालाई चुनावी कमान्डर तोकेको छ ।
महतले स्थानीय तह निर्वाचन केन्दीय परिचालन समिति गठन गरिएको र त्यसको संयोजकमा उपसभापति खड्कालाई तोकिएको जानकारी दिए ।
काँग्रेसमा शेखर कोईराला र गगन थापा समुहको बिरोधका बाबजुद काँग्रेसले गठबन्धनको निर्णय गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline