कोभिड प्रभावितको अनुदान रकममा अनियमिति गरेको सूचनापछि जगरनाथपुर गाउँपालिका कार्यालयमा अख्तियारको छापा

कोभिड प्रभावितको अनुदान रकममा अनियमिति गरेको सूचनापछि जगरनाथपुर गाउँपालिका कार्यालयमा अख्तियारको छापा

  • मङ्लबार, चैत्र १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

वीरगन्ज, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाको कार्यालयमा छापा मारेको छ ।
कोभिडले प्रभावित विपन्न परिवारका लागि राहत बाड्न गत पुसमा केन्द्र सरकारले पठाएको अनुदानको रकम , हिनामिना गरिएको खबर सार्वजनिक भएपछि हेटौडास्थित आयोगको क्षेत्रीय कार्यालयबाट प्रहरी नायव उपरीक्षक गणेश बराल नेतृत्वमा खटिएको टोलीले आज दिउँसो गाउँपालिकाको कार्यालयमा छापा मारेको हो ।

अनुदानको रकम हिनामिना गरि दुरुपयोग गरिएको विषयमै जगरनाथपुर गाउँपालिकाको कार्यालयमा अख्तियारको टोलीले छापा मारेको आयोगको क्षेत्रीय कार्यालय हेटौडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिएका छन् ।

अख्तियारको टोलीले अनुदानको रकम दुरुपयोगसम्बन्धी कागज र फाइलहरु नियन्त्रणमा लिएको छ । कोभिड प्रभावित परिवारलाई जनही १० हजार रुपेयाँका दरले वितरण गर्न लागि केन्द्र सरकारले गत पुस अन्तिम साता जगरनाथपुर गाउँपालिकाको कार्यालयमा ८८ लाख रुपैयाँ पठाएको थियो ।

तर, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरुले उक्त रकम, कोभिड प्रभावितलाई वितरण नगरी स्वास्थ्यकर्मी र शिक्षकलाई तलब खुवाउनेदेखि कर्मचारीलाई सापटी दिएर हिनामिना गरेको आरोप छ । गाउँपालिका कार्यालयले भने उक्त रकम , कोभिड प्रभावित परिवारलाई वितरण गरिसकेको रिपोर्ट केन्द्रमा पेश गरिसकेको छ । तर त्यहाँका कोभिड प्रभावितत कसैले पनि उक्त रकम पाएका छैनन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहले समेत अनुदानको रकम शिक्षकको चौमासिक तलबमा खर्च गरेको स्वीकार गरेका छन् । ८८ लाख मध्ये २४ लाख रुपैयाँ गाउँपालिकाका तत्कालीन स्वास्थ्य शाखा संयोजक रामसिकिल साहलाई सापटी दिएको पनि उनले बताए।

तर २४ लाख रुपैयाँ सापटी लिएका साहको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ। अनुदानका लागि कसैको आवेदन नै नपरेको प्रमुख प्रशासकीय अधिकृत कुशवाहाको भनाइ छ । जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पनि कोरोना प्रभावित विपन्न परिवारलाई अनुदान रकम अहिले सम्म वितरण नगरिएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ