काठमाडौं, १५ चैत । नेपालमा पहिलोपटक चीनबाट ४० लाख मात्रा साइनोभ्याक खोप आईपुगेको छ । चीन सरकारको अनुदानमा शनिबार ३५ लाख र सोमबार ५ लाख डोज खोप आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले साइनोभ्याक खोप प्राप्त भएको जानकारी दिए ।
यो खोप १८ वर्षमाथिका नागरिकलाई लगाउन मिल्ने बताइएको छ । यो खोप चीनको यसअघिको खोप भेरोसेल जस्तै दुई डोज लगाउनु पर्ने खोप हो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनको साइनोभ्याक खोपलाई गत जेठमा आपतकालीन प्रयोगका लागि स्वीकृति दिएको थियो । भेरोसेल खोप चीनबाट अनुदान र नेपाल सरकारले खरिद गरेर ल्याएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline