चैत्र १५ काठमाण्डौँ । आगामी निर्वाचनमा गठबन्धनको पक्षमा दृढ रहेका काँग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादर देउवा माओवादी प्रति नरम देखिँदै गठबन्धनको पक्षमा कसिएका छन् । उनले पार्टी केन्द्रीय समितिको बैठकमा गठबन्धन बिरुद्ध उठेका धारणालाई संवोधन गर्दै हिजो द्धन्दकालमा के व्यवहार गर्यो भनेर अहिले धारणा नबनाउन पनि अपील गरे ।
देउवाले गठबन्धन गरेरै काँग्रेसको बहुमत आउने भन्दै गठबन्धन बाहेक बहमत ल्याउने, धेरै स्थानीय तह जित्ने र सरकार बनाउने संभावना र उपाय के छ ? भन्दै प्रश्न गरेका थिए ।
देउवा माओवादी अध्यक्ष प्रचण्डकै कारण आफू प्रधानमन्त्री भएकोमा पनि स्पष्ट छन् । त्यसै कारण काँग्रेस सँगको सहकार्य तोडेर वामपन्थी गठबन्धन नबनोस् भन्नेमा पनि छन् ।
देउवाको बुझाईमा ओलीमा अहंकार र घमण्ड अझै रहेको भन्दै सचेत पनि नेताहरुलाई गराएको एक केन्द्रीय सदस्यले बताए ।
काँग्रेस स्थानीय तहमा गठबन्धन दलहहरुबीच सहकार्य गर्ने कुरामा निष्कर्षमा पुगेको पनि ती नेताले बताए ।