चैत्र १५ काठमाण्डौँ । चुनाव वहिष्कारको निर्णय गरेपछि मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा पहिरो गएको छ । सो पार्टीका नेता कार्यकर्ताले चुनाव कहिले उपयोग कहिले बहिष्कारको निितले पार्टी गोलचक्करमा फसेको भन्दै अलग्गै सँयुक्त समाजवादी मोर्चाको घोषणा गरेका छन् ।
पूर्व केन्द्रीय सदस्य एवं विद्यार्थी अध्यक्ष सेवन्तराज भण्डारीको नेतृत्वमा युवा विद्यार्थीहरु पार्टीबाट अलग्गिएका हुन् । उनीहरुले अन्य दलहरुको चुनाव चिन्हमा बैशाख ३० मा हुने निर्वाचनमा भाग लिने पनि घोषणा गरेका छन् ।
क्रान्तिकारी माओवादीले चुनाव बहिष्कार गर्ने घोषणा गरेपछि पार्टी भित्र असन्तष्टी बढेको छ ।
अघिल्लो स्थानीय तहको चुनावमा भाग लिएको सो पार्टीले जीत हात पार्न नसकेपछि यस पटक पनि त्यस्तै अवस्था आउन सक्ने ठानेर बहिष्कारको नीति लिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline