रोल्पा प्रतिगमन बिरुद्ध लालकिल्ला बन्ने छ : प्रचण्ड

रोल्पा प्रतिगमन बिरुद्ध लालकिल्ला बन्ने छ : प्रचण्ड

  • सोमवार, चैत्र १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

चैत्र १४ लिवाङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको उद्गमथलो रोल्पा प्रतिगमन बिरुद्ध लालकिल्ला बन्ने बताएका छन् ।

आज लिवाङमा आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले रोल्पाले जनयुद्धमा ठूलो भूमिका खेलेको र रेकर्ड बनाएको भन्दै शान्तिमा पनि र निर्माणमा पनि रेकर्ड बनाउने विस्वास व्यक्त गरे ।

उनले रोल्पाको विकासका लागि राष्ट्रिय समझदारी बन्नेमा आशा व्यक्त गर्दै केन्द्रबाट विकासका लागि आफूले पहल गर्ने आस्वासन पनि दिए ।

उनले प्रतिगमनको खतरा बनेपछि तयार भएको गठबन्धन आगामी निर्वाचन सम्म पनि जारी रहने र यसले चुनावमा नयाँ रेकर्ड बनाएर जानका लागि प्रयास भईरहेको बताए ।
सो कार्यक्रम अघि प्रचण्डले रोल्पामा निर्माण गरिएको जनयुद्ध टावरको उद्घाटन गरेका थिए । ६ करोडको लागतमा लिवाङ नगरपालिकाले निर्माण गरेको टावरमा हजार बढी शहीदहरुको नामा अंकित छ भने केहीको शालिक समेत बनेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ