चैत्र १४ काठमाण्डौँ । राप्रपासँग पार्टी एकता गर्ने तयारी गरेका विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई असन्तुष्ट समुहले पार्टीबाटै कार्बाहीको तयारी थालेको छ । ज्येष्ठ सदस्य भीम प्रसाद अधिकारीको अध्यक्षतामा बसीरहेको बैठकले मिश्रलाई कार्बाही गर्ने संभावना रहेको छ । मिश्रले मिलन पाण्डे सहित अन्य २६ जना केन्द्रीय सदस्यलाई यस अघि कार्बाही गरेपछि असन्तुष्टी बढेको हो ।
मिश्र बिरुद्ध पार्टीमा बहुमत पुर्याएर कार्बाही गर्ने तयारी भएको एक केन्द्रीय सदस्यले बताए । पत्रकारीताबाट राजनीतिमा आएका मिश्रलाई निरकुंश बन्न खोजेको आरोप पनि लागेको छ । उनले एकलौटी र मनोमानी तरीकाले कार्बाही गर्ने र जिम्मेवारी तोक्ने गरेको असन्तुष्ट पक्षको आरोप छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline