चैत्र १३ काठमाण्डौँ । नेपाली काँग्रेस भित्र अधिकांश केन्द्रीय सदस्यहरु आगामी निर्वाचनमा गठबन्धन कायम राख्नु पर्ने पक्षमा देखिएका छन् । आज दोस्रो दिनको बैठक सम्म आँउदा धेरै जसो वक्ताले गठबन्धनको पक्षमा धारणा राखेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
पार्टी भित्र गठबन्धन बिरुद्ध शेखर कोईराला र गगन थापा लगायतका रहे पनि धेरै अन्य नेताहरु गठबन्धनको पक्षमा खुलेका छन् । आगामी निर्वाचनमा काँग्रेसले बढी सिट जित्ने गरी तालमेल गर्नु पर्ने पक्षमा धेरै जसो नेताहरु देखिएको महतले जानकारी दिए ।
भोली सम्ममा सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि मात्रै पार्टीले यस विषयमा आधिकारीक निर्णय गर्ने पनि महतले जानकारी दिए । काँग्रेस भित्र सभापति देउवा गठबन्धनकै पक्षमा रहँदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline