नारायणि अस्पतालमा ७ बर्ष देखि बन्द रहेको सिटिस्क्यान मेसिन बल्ल चल्न थाल्यो

नारायणि अस्पतालमा ७ बर्ष देखि बन्द रहेको सिटिस्क्यान मेसिन बल्ल चल्न थाल्यो

  • आइतवार, चैत्र १३, २०७८
  • दिपक चौरसिया

  • 18.6K
    SHARES

वीरगंज, १३ चैत । मधेस प्रदेश भित्र रहेको एक मात्र जेठो अस्पतालको रुपमा चिनिदै आइरहेको नारायणि अस्पतालमा ७ बर्ष पछि बल सिटिस्क्यान मेसिन सुरु भएको छ । लामो समय देखि गरीब तथा बिपन परिवारका मानिसहरुले महुगो शुल्क तिरेर निजि अस्पतालमा सिटिस्क्यान गर्दै आइ रहेका थिए ।

नारायणी अस्पतालमा कार्यरत डाक्टर बिरेन्द्र बहादुर प्रधान मेडिकल सुपरिटेन्डेनमा नियुक्ति भए पछि उनले नारायणी अस्पताललाई सेवा मुखी बनाउने योजनामा लागेपछी अहिले नारायणी अस्पताल भित्र बन्द रहेको सिटिस्क्यान मेसिन पनि सुचारु गर्न सफल भएका छन ।

बारा ,पर्सा, रौतहट ,सर्लाही सहित अन्य प्रदेश बाट समेत उपचार गराउन नारायणी अस्पतालमा बिमारीहरु आउने गर्छन । अहिले कोरोना भाइरलको लागि छुटाएको रकमले करीब ३ देखि ४ कोरोड को लागतमा सिटिस्क्यान मेसिन खरीद गर्न सफल भएको मेसु प्रधानले जानकारी दिएका छन ।

सिटिस्क्यान मेसिन संचालन गर्न को लागि जनशक्ति को अभाव रहेको भएपनो जसो तसो सेवा दिन सफल हुँदै आइरहेका छौ । अहिले नारायणी अस्पतालमा सिटिस्क्यान मेसिन तीन सिप्ट्मा चालू गर्नु पर्नेमा तीन जना कर्मचारी आवश्यकता भए पनि एक जना कर्मचारीको भरमा सिटिस्क्यान मेसिन संचालनमा ल्याएका छौ प्रधान भने यो पनि एउटा उपलब्धि नै मान्नुपर्ने बताए ।

गरीब तथा बिपन्न परीवार ब्यक्तिहरुलाइ डाक्टरको सिफारिस गरेको अवस्थामा सिटिस्क्यानमा बीस प्रतिशत छुट दिने ब्यवस्था गरेको मेसु प्रधानले जानकारी गराएका छन । ञउनले भनेझ सरकारले ल्याएको स्वास्थ बिमा गराएको खण्डमा उनीहरुको उपचार गर्नमा सर्हज हुने भएकोले सरकारको योजना नै यस्ता बिपन्न गरीबहरुको उपचार गर्नमा ठुलो मद्दत पुग्ने भएकोले यसबारेमा प्रचारप्रसार गरेर जानकारी गराउना अति आवश्यक रहेको मेसु प्रधानले बताए ।

नारायणी अस्पतालमा अहिले ९ वटा डाइलोसिस मेशिन रहेकोमा ६ वटा मेशिन शुचारुप भइरहेकोले अब गरिव तथा विपन्न मानिसहरु बाहिर जानुपर्ने झन्झट हटेको मेसु प्रधानको दावी रहेको छ । उक्त ३ वटा विग्रिएको मेशिन समेत मर्मत गर्ने तयारी रहेको बताएका छन् । नारायणी अस्पतालमा आफू मेसु भए देखि यहाँको ब्यवस्थापन कसरी चुस्त दुस्त बनाउने भनेर दिनरात लागि परेकोले बल्ल केही ब्यवस्थापन गर्न आफू सफल हुदै आइरहेकोले आगामी दिनमा परिवार नियोजनको पनि उचित ब्यवस्थापन गर्ने योजना रहेकोले विस्तार काम अगाडि बडिरहेको मेसु प्रधानले जानकारी दिएका छन् ।

नारायणी अस्पतालमा अहिले स्वास्थ्य बिमा गराएका मानिसहरुले ८०५ प्रतिशत अौषधि उपलब्ध भइरहेको तर टेन्डरमा लगाएको प्रकृया भने केही समस्या रहेकोले त्यो पनि चाडैं समाधान हुने मेसुको दाबी रहेको छ। नारायणी अस्पतालमा विगतका दिनमा रहेका मेसुहरुले कमाइ खाने भाडाको रुपमा लिएको तर हालका मेसु प्रधानले सेवा मुखी काम गरिरहेकाले उनलाई असहयोग गर्ने केही ब्यक्तिहरुको आफ्नो दाल गल्न नसकेकोमा अनेक प्रपोड रचिरहेका छन्।

मेसु प्रधानले भने मेरो कार्यकाल अब ८ महिना मात्र छ तर म बसिजेल नारायणी अस्पताललाई सुधार गरेर जान्छु भनेर दाबी गरेका छन् । उनले भने हाल कर्मचारी भर्ना आवश्यक रहेको भए पनि राजनीतिक चलखेलका र ब्यवस्थापन समितिले चासो नलिएका कारण कर्मचारी भर्ना गर्न नसकेको दुखेसो पोखेका छन् ।

मधेस प्रदेशको सबै भन्दा पूरानो र ठूलो अस्पतालको रुपमा मानिने नारायणि अस्पताल अहिले क्रमश सुधार हुदै गइरहेको छ । लामो समय देखि नारायणी अस्पताल आफैं विमारीको रुपमा रहेकोमा हालका मेसु प्रधानले ७ वर्षको काम १० महिनामा काम कुशल क्षमता देखाएको यहाँ सेवाग्राहीहरु बताउँछन्।

मेसु प्रधान आउनु भन्दा पहिला ५ जान मेसु कार्यरत रहेको भए पनि जनता मुखि काम नगरी आफ्नो पेट भर्ने र आफ्ना आसेपासेहरुलाई नियुक्ति गर्ने अनि कमाइ खाने भाडाको रुपमा प्रयोग गरेको नारायणी अस्पताल अब जनताले सेवा पाउन थालेकाले निजी अस्पतालहरुले आफ्नो विभिन्न सेवाहरुमा छुट दिएको भन्दै लाखौं खर्च गरेर प्रचारबाजी गरिरहेका छन् ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी