चैत्र १३ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानसेनापति र प्रधानन्यायधीश एवं राष्ट्रपतिसँग पटक पटक गोप्य सरसल्लाह गरेपछि केपी ओलीले संसद विघटन गरेको दाबी गरेका छन् ।
समाजवादी प्रेस संगठनको बैठकलाई संवोधन गर्दै अध्यक्ष नेपालले उनले एकातिर संसद भंग गर्दै गर्दा बालुवाटारमा बनाईएको घरमा बंकर पनि खन्न लगाएको बताए ।
संसद विघटन अघि नै कुन कुन न्यायधीशलाई कहाँ कहाँ खटाउने, कुन प्रहरीलाई कहाँ खटाउने र अरुलाई ठटाएर आफूले चुनाव जित्ने गरी ओलीले संसद विघटनको षड्यन्त्र गरेको र त्यो योजना आफूले थाहा पाएपछि विरोधमा उत्रिएको नेपालको तर्क छ ।
सँधै हावादारी कुरा गरेर, जनतालाई दिग्भ्रमित पारेर गोएवल्स शैलीमा प्रचार गर्दै हिँड्ने ओलीको प्रवृति व्यक्तिवाददेखि निरंकुशता सम्म भएकाले सबैले सचेत हुनु पर्ने उनको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline