चीनीया विदेशमन्त्रीले एउटै होटलमा ओली र प्रचण्डसँग आधा-आधा घण्टा छलफल गर्ने

चीनीया विदेशमन्त्रीले एउटै होटलमा ओली र प्रचण्डसँग आधा-आधा घण्टा छलफल गर्ने

  • आइतवार, चैत्र १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

चैत्र १३ काठमाण्डौँ । नेपाल भ्रमणमा रहेका चीनीया विदेशमन्त्री वागं यीले आज भ्रमणको अन्तिम दिन राष्ट्रपति विद्यादेवी भण्डारी सहित एमाले र माओवादी अध्यक्षसँग भेटवार्ता गर्दैछन् । विहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । भेटवार्तामा चीन नेपाल सम्बन्धबारे छलफल हुनेछ ।

त्यसपछि वागंले होटल मेरियटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ११ बजेर १० मिनेटदेखि ४० मिनेट सम्म आधा घण्टा छलफल गर्नेछन् ।
त्यसको पाँच मिनेटपछि माओवादी अध्यक्ष प्रचण्डसँग ११ बजेर ४५ मिनेटदेखि १२ बजेर १५ मिनेटसम्म छलफल गर्नेछन् ।
दुबै नेतालाई चीनीया उच्च स्तरीय अधिकारीले बराबरी समय दिएर छलफल गर्न लागेका हुन् ।
चीनले एमाले र माओवादी मिलेर बनेको नेकपा विभाजन नहोस् भन्ने सुवेक्षा व्यक्त गरेको थियो । तर पनि विभाजित भएपछि पनि चीनले मिल्न सुझाव दिँदै आएको छ ।
दुई शीर्ष नेतासँग छलफलपछि चीनीया विदेशमन्त्री वागं आजै स्वदेश फर्कनेछन् । दिउसो तीन बजे उनी स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

यस अघि हिजो वागंले प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्दै पोखरा अन्तराष्ट्रिय विमानस्थल हस्तान्तरण गरेका थिए । सो विमानस्थल चीनको रिण सहयोगमा चीनीया कम्पनीले निर्माण गरेको हो ।
हिजै वागं र नेपालका परराष्ट्रमन्त्री नारायण खड्काबीच द्धिपक्षीय भेटवार्ता भएको थियो भने दुई देशीय प्रतिनिधिमण्डलले विभिन्न ९ वटा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ