चैत्र १३ काठमाण्डौँ । नेपालले चीनलाई एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्याएको छ । साथै नेपाली भूमि चीन विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता पनि दोहोर्याएको छ । त्यसै गरी चीनबाट नेपालमा आउने लगानीलाई सदैव स्वागत गर्ने पनि आस्वस्त बनाएको छ ।
नेपाल भ्रमणमा रहेका चीनीया विदेशमन्त्री वागं यी सँगको छलफलमा प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
नेपाल र चीनको विदेशमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलले हिजो केरुग काठमाण्डौँ रेल निर्माणको संभाव्यता अध्ययन सहित विभिन्न ९ वटा बुदामा समझदारी गरेको छ ।
चीनले पनि नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डताको सँधै सम्मान गर्ने भन्दै सीमा क्षेत्रमा कुनै विवाद रहेको भए सँयुक्त अनुगमन गर्न तयार रहेको आस्वासन दिएको छ ।
साथै छलफलमा चीनले कोभिडका कारण नेपाल फर्किएका विद्यार्थीहरुलाई लैजाने चीनले स्पष्ट पारेको छ ।
पछिल्लो समय अमेरीकी परियोजना एमसीसी अनुमोदन भएपछि चीनले नेपाल मामलामा आफ्नो चासो बढाएको छ । अमेरीकाले एशियामा ईन्डोप्यासेफिक रणनीति र सैन्य रुपमा क्वाड बनाएर चीन लक्षिण सैन्य योजनामा काम गरीरहेकाले एमसीसी आईपिएसको अंग हुन सक्ने चर्चाले चीनले अनुमोदन नेपालबाट नहोस् भन्ने चाहेको थियो ।
तर पनि सरकारले त्यसलाई अनुमोदन गरेपछि विदेशमन्त्री वागं नेपाल आएका हुन् ।
उनले हिजै प्रधानमन्त्री देउवासँग एक घण्टा लामो छलफल गरेका थिए ।
आज उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यलयमा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग मेरियट होटलमा छलफल गरेपछि उनी स्वदेश फर्कनेछन् ।