चीनीया विदेशमन्त्रीको व्यस्त कार्यसूची, दिपक्षीय सम्झौतामा हस्ताक्षर, पोखरा अन्तराष्ट्रिय विमानस्थल हस्तान्तरण आजै हुने

चीनीया विदेशमन्त्रीको व्यस्त कार्यसूची, दिपक्षीय सम्झौतामा हस्ताक्षर, पोखरा अन्तराष्ट्रिय विमानस्थल हस्तान्तरण आजै हुने

  • शनिबार, चैत्र १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं चैत्र १२ । तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज शनिबार औपचारिक कार्यक्रममा व्यस्त रहने छन् । हिजो अपरान्ह काठमाण्डौँ ओर्लिएका वागं आज बिहान शिबपुरी हाईकिगंमा गएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार शनिबार तीन बजेदेखि मात्र उनको औपचारिक कार्यक्रम सुरु हुनेछ । दिउँसो साढे ३ बजेदेखि पौने ४ बजेसम्म परराष्ट्रमन्त्री डा. नारायण खड्का र विदेशमन्त्री वाङबीच विशेष भेटवार्ता हुनेछ ।

विदेशमन्त्री वाङ सहित २० सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलसँग परराष्ट्रमन्त्री खड्कासहितको १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको छुट्टै बैठक बस्नेछ । सोही क्रममा विभिन्न सम्झौतामा हस्ताक्षर हुनेछ ।

विदेशमन्त्री वाङ यीले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । जसअनुसार बेलुकी पौने ६ बजेदेखि सवा ६ बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटमा व्यस्त हुने तालिका छ । यसै अवसरमा भर्चुअल माध्यमबाट चीनले निर्माण पूरा गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थल वागंले प्रधानमन्त्री मार्फत हस्तान्तरण गर्नेछन् ।

प्रधानमन्त्री देउवासँगै विदेशमन्त्री यीले काठमाडौंबाट भर्चुअल रूपमा हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सहभागिता जनाउनेछन् । त्यसपछि परराष्ट्रमन्त्री खड्काले आजै साँझ विदेशमन्त्री यीका लागि आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोली विहान वागंले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् ।
त्यसपछि भोली मेरियट होटलमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेतासँग भेटवार्ता गरेपछि उनी स्वदेश फर्कने छन् । नेपाल आउनु अघि वागंले अफ्गानिस्तान र भारतको भ्रमण सकेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ