गठबन्धन बिरुद्ध बोल्ने नेतालाई देउवाको चुनौती, भोली जितेर देखाउन सक्नु हुन्छ ?

गठबन्धन बिरुद्ध बोल्ने नेतालाई देउवाको चुनौती, भोली जितेर देखाउन सक्नु हुन्छ ?

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

चैत्र ११ काठमाण्डौँ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेर बहादुर देउवाले गठबन्धन बिरुद्ध अभिव्यक्ति दिने नेताहरुलाई भोली निर्वाचन जितेर देखाउन सक्नु हुन्छ ? भन्दै चुनौती दिएका छन् ।
आजको केन्द्रीय समितिको बैठकमा गठबन्धन बिरुद्ध बोल्ने नेतालाई रुलिगं गर्दै सभापति देउवाले देशभरको सूचना आफूसँग रहेको भन्दै ख्याल गरेर मात्र बोल्न अपील गरे ।

सात प्रदेश सभापति मध्य प्रदेश १ र बागमतीका सभापतिले खुलेर गठबन्धनको पक्षमा धारणा राखे भने अन्यले मिश्रित धारणा राखेका छन् । कतिपयले गठबन्धन गर्नै नहुने धारणा राखेका छन् ।
गठबन्धनको पक्षमा बोल्ने नेताहरुले एमाले सोचे जस्तो कमजोर नभएको भन्दै सत्तारुढ दलहरुबीच गठबन्धन हुनु पर्ने पक्षमा आवाज उठाएका छन् ।
सभापति देउवा पनि गठबन्धनको पक्षमा रहेकाले काँग्रेसले यस विषयमा अनुकुल निर्णय गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ