भरतपुरको विकास देखेर विदेशी समेच अचम्मित हुने गरेका छन्ः प्रचण्ड

भरतपुरको विकास देखेर विदेशी समेच अचम्मित हुने गरेका छन्ः प्रचण्ड

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

चैत्र ११ चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन भरतपुरको विकास देखेर विदेशी समेत अचम्मित हुने गरेको बताएका छन् ।

भरतपुर महानगरको प्रशासनिक भवनको शिलान्यास गर्दै चितवन र खास गरी भरतपुरको विकासले नयाँ फड्को मारेको प्रचण्डको भनाई छ ।

‘दुई पटक प्रधानमन्त्री र अहिले नेकपा माओवादी केन्द्रको अध्यक्ष भए पनि सिंगो राष्ट्रको जिम्मेवारी आफूमा रहेको हो की भन्ने भएको पनि प्रचण्डको दाबी छ ।
कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको सम्झना गर्दै अध्यक्ष दाहालले राष्ट्रलाई गति दिन र सही ट्र्याकमा हिँडाउन आफ्नो आवस्यकता देशले महसुस गरेको उनको दाबी छ ।

९४ करोड ३२ लाख ३० हजार २७१ रुपैया अनुमानित लागतमा निर्माण हुने भवनको शिलान्यास प्रचण्डले गरेका हुन् ।

सम्झौता भएको मितिले ३० महिना भित्र सक्ने गरी बोलपत्र आह्वान भएको महानगरका आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्यालले बताए । अत्याधुनिक भवन ५० गाडी र २५० वटा मोटरसाइकल अट्ने अन्डर ग्राउण्ड पार्किङसहित ६ तलाको हुनेछ ।

भवनमा दुईवटा लिफ्ट, सांस्कृतिक हल, पुस्तकालय, अपाङ्ग मैत्री पुर्वाधार रहनेछन् । त्यस्तै प्रत्येक तलामा जेष्ठ नागरिक विश्राम कक्ष समेत रहने गरी अत्याधुनिक सुविधा सहितको सेवाग्राही मैत्री भवन निर्माण थालिएको महानगरका प्रमुख प्रशासकिय अधिकृत रामबन्दु सुवेदीले जानकारी दिए ।

भवनमा १ सय ५८ वटा सानाठूला कार्य कक्ष रहने छन् भने २ सय २१ वटा कोठाहरू रहने छन् । भवनका हरेक तलामा अपाङ्गमैत्री शौचालय सहित प्रत्येक तलामा पुरुष र महिलाका लागि अलग्गै शौचालय रहने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ