कोईराला थापा समुहको बिरोधका बीच काँग्रेसले चुनावी तालमेलको निर्णय गर्न सक्ने, आज बैठक बस्दै

कोईराला थापा समुहको बिरोधका बीच काँग्रेसले चुनावी तालमेलको निर्णय गर्न सक्ने, आज बैठक बस्दै

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चैत्र ११ ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । दिँउसो दुई बजे सानेपा स्थित पार्टी कार्यलयमा बस्ने बैठकमा घर घर जाऔँ, काँग्रेसलाई जिताऔँ अभियानको प्रारम्भिक समिक्षा हुने नेताहरुले बताएका छन् । त्यसपछि आजको बैठकमा चुनावी तालमेलको बारेमा निर्णय गराउने तयारीमा सभापति एवं प्रधानमन्त्री देउवा रहेको उनी पक्षीय नेताहरुको दाबी छ ।
एमसीसी अनुमोदन, सरकार सञ्चालन एवं संसद विघटन बिरुद्धको आन्दोलनको सहकार्य सबैलाई ध्यान दिएर आगामी निर्वाचनमा पनि तालमेल र सहकार्य गर्ने देउवाले बताउदै आएका छन् ।
तालमेलको मोडालिटी र प्रकृया भने टुंगो लागिनसके पनि गठबन्धनमा रहेका दलहरुबीच मात्र तालमेल हुनु पर्ने र गठबन्धन बाहिर रहेका दलहरुसँग तालमेल हुन नहुने पक्षमा काँग्रेस रहेको छ ।
काँग्रेस भित्र शेखर कोईराला र गगन थापा समुहले तालमेलको बिपक्षमा आवाज उठाए पनि देउवासँग स्पष्ट बहुमत रहेकाले उनले यो निर्णय गराउने ती नेताको दाबी छ ।

चुनावी तालमेलको आधिकारीक निर्णय भईसकेपछि माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेतासँग देउवाले छलफल गरेर अन्य विषय टुंगो लगाउने छन् ।
मुख्यतयाः केन्द्रबाट महानगर र उपमहानगरको भागबण्डा मिलाउने र अरु तल्लो कमिटिहरुले आवस्यकता अनुसार तालमेल गर्ने गरी पार्टीहरुबीच सहमतिको संभावना बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ