चीनीया विदेशमन्त्री नेपाल आँउदै, बिआरआई सहित विभिन्न एजेण्डामा महत्वपूर्ण छलफल हुने

चीनीया विदेशमन्त्री नेपाल आँउदै, बिआरआई सहित विभिन्न एजेण्डामा महत्वपूर्ण छलफल हुने

  • शुक्रबार, चैत्र ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

चैत्र ११ काठमाण्डौँ । चीनीया विदेशमन्त्री वागं यी आज तीन दिने नेपाल भ्रमणका लागि काठमाण्डौँ आँउदैछन् । उनी चीनबाट अफ्गानिस्तान र भारत भ्रमण गरेर नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेर बहादर देउवा नियुक्त भएपछि चीनबाट हुन लागेको यो सबै भन्दा उच्च स्तरीय भ्रमण हो ।
नेपालले विवादमा परेको एमसीसी परियोजना अनुमोदन गरेपछि चीनले आफ्नो चासो व्यक्त गर्दै आएको थियो । चीनले सन् २०१७ मा नेपालले सहभागीता जनाउने घोषणा गरेको बेल्ट एण्ड रोड ईनिसिएटिभ परियोजनामा थप समझदारी र कार्यन्वयनमा जोड दिन सक्नेछ । साथै ७६ सालमा चीनीया राष्ट्रपति सि जिन पिगंको भ्रमणका क्रममा भएका समझदारी कार्यन्वयनका लागि पनि नेपालले जोड दिनेछ ।

यस भ्रमणका क्रममा विभिन्न उच्च स्तरीय भेटवार्ता, पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन लगायतका काममा वागं सहभागी हुनेछन् । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप विस्तार र बलियो बन्ने नेपाली कुटनीतिज्ञहरुको अपेक्षा छ । उनी २ वर्ष अघि पनि नेपाल आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ