चैत्र ९ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केपी ओली बिरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन् । उनले केपी ओलीलाई अपराधीको संज्ञा दिँदै उनले गरेको भ्रष्टाचार, जनघात, राष्ट्रघात, अनुचित काम सबैलाई संकलन गरेर जनतामा लैजान उनले कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आज बागमती प्रदेशका कार्यकर्ताको प्रशिक्षणमा बोल्दै नेपालले ओली झुट बोल्न माहिर रहेको र जे पनि बोल्ने गरेको भन्दै उनलाई विदेशीको समेत आड रहेको दाबी गरे ।
उनले केपी ओलीले धेरै दाउपेच जानेको भन्दै त्यसलाई बिफल पारेर आफूले पार्टी बनाएको भन्दै धेरै फुर्ति नदेखाउन पनि चेतावनी दिए ।
केपी ओलीको घमण्ड चकनाचुर पार्न काँग्रेस पनि सहमत भएकाले गठबन्धन चुनावमा सहकार्य गर्न तयार रहेपनि आफ्नो शक्ति बलियो नभई तालमेलको अर्थ नहुने भएकाले त्यतातिर केन्द्रीत हुन पनि उनले निर्देशन दिए ।