पार्टी प्रचण्डले कब्जा गर्न खोजेपछि मैले संसद भंग गरिदिए, अब प्रचण्डलाई रित्तो भाँडो बनाउनु पर्छः ओली

पार्टी प्रचण्डले कब्जा गर्न खोजेपछि मैले संसद भंग गरिदिए, अब प्रचण्डलाई रित्तो भाँडो बनाउनु पर्छः ओली

  • बुधबार, चैत्र ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

चैत्र ९ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु आफ्नो बाध्यता भएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रचण्ड र माधव नेपालले पार्टी कब्जा गर्न खोजेपछि आफूले संसद विघटन गरेको बताए ।
प्रचण्डले पार्टी कब्जा गर्न खोजेकाले पुष ५ मा मैले संसद भंग गरे, अब प्रचण्डका सबै मान्छे एमालेमा ल्याएर उनको भाँडो रित्तो बनाएरै छाड्ने पनि जिकिर गरे ।

रित्तो भाँडो सहित पछि प्रचण्ड एमालेमा आँउछन् र हामीले स्वागत गर्नु पर्छ, ओलीले भने ।
एमाले भित्रै संसद विघटन गलत थियो भन्ने घनश्याम भुषाल सहितका नेताहरुको तर्कको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।
उनले पुष ५ र त्यसपछि जेठ ८ गते गरी दुई पटक संसद भंग गरेका थिए । पछि सर्वोच्चले संसद पुनस्थापित गरेको थियो ।
उनले स्थनीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी परिचालित हुन पनि निर्देशन दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ