चैत्र ९ काठमाण्डौँ । नेकपा एमालेका केन्द्रीय सदस्य लालवावु पण्डितले पाँच दलीय गठबन्धनलाई भुसुनाको संज्ञा दिएका छन् ।
आज शुरु भएको केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पण्डितले गठबन्धनमा रहेका दलहरु भुषुना भएको र उनीहरुले अलि अलि दुख दिए पनि एमालेको केही नबिगार्ने र एमाले उनीहरुको पछि लाग्नु पर्ने आवस्यकता नरहेको बताए ।
अहिले गठबन्धनले रुञ्चे काम गरीरहेको भन्दै सत्ता गठबन्धन जस्तो गठबन्धन एमालेले नबनाउने पनि उनले दाबी गरे ।
एमालेको बैठकमा नेताहरुले पार्टी विभाजनको खास असर नपरेको रिपोर्ट नेताहरुले गरेका छन् । बैठक भोली सम्म चल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline