चैत्र ९ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कम्युनिष्ट पार्टीमा सबै भन्दा ठूलो पार्टी गरिएको तर वास्तवमा एमाले देशको सबै भन्दा ठूलो लोकतान्त्रिक शक्ति र मुल प्रवाह भएको दाबी गरेका छन् ।
आज शुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ओलीले भ्रम फैलाउन मात्रै आफूहरुलाई कम्युनिष्ट पार्टी मध्यको ठूलो भनिएको जिकिर गरे ।
लोकतान्त्रिक आन्दोलनको मुलधार एमालेसँग छ, उहिलेको प्रजापरिषद् पनि एमालेसँगै छ , त्यसो हुँदा सत्ता पक्षले भ्रम फैलाउने काम गर्यो, हामी मुख्य लोकतान्त्रिक शक्ति हौँ, ओलीले भने ।
उनले केन्द्र्रीय सदस्यहरुलाई आगामी स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने गरी लाग्न पनि निर्देशन दिए । बहुमत सहित नजिते काम गर्न नसकिने भन्दै बहुमत सहित बिजयी हुने कार्ययोजना बनाउन अपील गरे ।
बबरमहलमा शुरु भएको बैठकमा विभिन्न एजेण्डामा छलफल जारी छ ।