गठबन्धन सापेक्ष तालमेलको तयारीमा, देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

गठबन्धन सापेक्ष तालमेलको तयारीमा, देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

चैत्र ८ काठमाण्डौँ । स्थानीय तहको निर्वाचन नजिकिँदै जादाँ सत्तारुढ दलहरु सापेक्ष तालमेलको तयारीमा लागेका छन् ।
काँग्रेस भित्र गठबन्धन गर्न नहुनमो शेखर कोईराला र गगन थापा समुह रहे पनि प्रधानमन्त्रीले तालमेलका लागि छलफल अघि बढाएका छन् ।
यस क्रममा आज प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।
अन्य नेता बिरोधमा रहेपनि देउवा सहित बहुमत केन्द्रीय सदस्य सापेक्ष तालमेलको पक्षमा रहेको र देउवाको निर्णय नै अन्तिम निर्णय हुने बताईएको छ ।

देउवा वामगठबन्धन रोक्दै सापेक्ष तालमेल गरेर भए पनि अघि जाने मनशायमा रहेकाले अब यसको मोडालिटिमा केन्द्रीत रहेर छलफलमा जुटेको बताईएको छ ।
नयाँ मोडालिटीमा सबै स्थानीय तहमा गठबन्धन नभए पनि महानगर र उपमहानगर एवं अन्य केही खास ठाँउहरुमा गठबन्धन हुन सक्ने गरी नेताहरु अघि बढेको बताईन्छ ।
साथै उनीहरुबीच आज मन्त्रीमण्डल पुनर्गठन, राजदुत एवं अन्य नियुक्ति जस्ता बिषयमा पनि छलफल भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ