गठबन्धन माओवादी केन्द्रलाई चुनाव जीत्नका लागि आवस्यक छैन, तर संविधान र लोकतन्त्रको रक्षाका निम्ती जरुरी : प्रचण्ड

गठबन्धन माओवादी केन्द्रलाई चुनाव जीत्नका लागि आवस्यक छैन, तर संविधान र लोकतन्त्रको रक्षाका निम्ती जरुरी : प्रचण्ड

  • मङ्लबार, चैत्र ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चैत्र ८ जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न निर्वाचन जीत्न माओवादीलाई गठबन्धनको आवस्यकता नपर्ने बताएका छन् । देशभरको गतिविधि र रिपोर्ट हेर्दा पार्टीले आफ्नै खुट्टामा उभिएर निर्वाचन जीत्ने वातावरण बनेको भन्दै प्रचण्डले तर संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका निम्ती गठबन्धन जरुरी रहेको बताए ।

आज जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मन्त्रीमण्डल हेरफेर गर्ने कुरा चलेको भए पनि त्यो औपचारीक रुपमा तय भईनसकेको भन्दै माओवादीले काँग्रेस र एकीकृत समाजवादीका लागि त्याग गरेको र अब पुनर्गठन हुँदा माओवादीलाई आफ्नो हैसियत अनुसार सहभागी गराउन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।
उनले लोसपासँग गठबन्धन र सरकारमा सहभागीताबारे प्रधानमन्त्रीले कुराकानी गरीरहेको भन्दै तर गठबन्धन भित्र भने त्यो विषय औपचारीक रुपमा आईनसकेको बताए ।
जनकपुरमा पार्टी प्रशिक्षणका लागि अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, मातृका यादव सहितको टोली जनकपुर पुगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ