चैत्र ७ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल प्रचण्ड र माधव नेपालसँग एकता वा तालमेल नहुने स्पष्ट पारेका छन् । आज पोलिटब्युरो बैठकमा घनश्याम भुषालले पार्टी एकता वा चुनावी कार्यगत एकता गर्नु पर्ने प्रस्ताव गरेपछि जवाफमा ओलीले प्रचण्ड र माधव नेपाल झ्याल ढोका फुटाएर हिँडेको र उनीहरु वामपन्थी नै नभएको जिकिर गर्दै त्यस्तो संभावना नरहेको स्पष्ट पारे ।
प्रचण्ड जी र माधव नेपालहरु घरको झ्याल ढोका सिसा सबै फुटाएर हिँडिसकेका छन्, अब उनीहरुका लागि चुकुल खोल्न सकिदैन, चित्र बहादुर केसीले एमालेसँग एकता नगर्ने निर्णय गरेका छन् अनि को सँग एकता के का लागि एकता ओलीले उल्टै प्रश्न गरेको एक नेताले बताए ।
सभामुख अग्नी सापकोटा, न्यायलयदेखि निर्वाचन आयोग सम्म सबै एमाले बिरुद्ध लागेको भन्दै ओलीले अबको निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउनु पर्ने बताएका थिए ।