चैत्र ७ काठमाण्डौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता चीन भ्रमणका लागि प्रस्थान गरेका छन् ।
आज बिहान पौडेलसहित एमालेका स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल र केन्द्रीय सदस्यसमेत रहेकी कर्णाली प्रदेश सभा सदस्य मीनासिंह रखाल चीन प्रस्थान गरेका हुन् ।
उनीहरुले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले एक आर्थिक विषयको कार्यक्रममा समेत भाग लिने बताईएको छ । उनीहरू यहि चैत १४ गते स्वदेश फर्कनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline