पोखरा सभागृहमा कार्यकर्ता नियाल्दै प्रचण्डले भने, कमरेडहरु खुट्टा दह्रोसँग टेकौँ हामी रुपान्तरण सहित पहिलो शक्ति बन्छौँ

पोखरा सभागृहमा कार्यकर्ता नियाल्दै प्रचण्डले भने, कमरेडहरु खुट्टा दह्रोसँग टेकौँ हामी रुपान्तरण सहित पहिलो शक्ति बन्छौँ

  • आइतवार, चैत्र ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

पोखरा चैत्र ६ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्दै पहिलो शक्ति बन्न संभव रहेको र त्यसका लागि पुरै मेहेनत गर्न र दह्रोसँग खुट्टा टेक्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
पोखराको राष्ट्रिय सभागृहमा गण्डकी प्रदेशका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले पछिल्लो प्रतिगमन बिरोधी आन्दोलनले जनता अग्रगमनको पक्षमा रहेको पुष्टी गरेकाले अब पार्टीलाई नयाँ ढंगले रुपाण्तरण गर्दै अघि बढ्नु पर्ने बताए ।
एउटा निश्चित स्थितिमा पुगेपछि पार्टी भित्रै क्रान्ति गर्नु पर्ने स्थिति आउने चर्चा गर्दै उनले ५२ सालमा जनयुद्ध शुरु गर्नु अघि पनि यस्तै समस्या रहेको स्मरण गर्दै युद्ध शुरु भएपछि नयाँ त्याग, तपस्या र बीरता देखा परेको बताए ।

कुनै पनि शक्तिको सहयोग बिना जनताको बलमा र नयाँ बिचारको बलमा पार्टी शक्तिशाली भएको भन्दै उनले अब पनि पार्टी पहिलो बन्नुको विकल्प नभएको बताए ।
कटवाल प्रकरणपछि पार्टीमा विभाजन र निराशा शुरु भएको स्मरण गर्दै उनले अहिले पार्टीमा पुनः आशा र जागरण शुरु भएको र तीव्र ध्रुवीकरणको पक्षमा गएको बताए ।
अहिले थुप्रै साना समुहहरु पार्टीमा ध्रुवीकरण हुँदै गएको भन्दै अझै १४ र १५ वटा समुह ध्रुवीकरणको लाईनमा रहेको प्रचण्डले दावी गरे ।
आगामी चुनावमा सापेक्ष तालमेल हुन सक्ने भए पनि पार्टीले आफ्नै तागतमा चुनाव जीत्ने गरी तयार रहनु पर्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ