चैत्र ६ ईलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पाँच दललाई एउटै कुचोले बढार्ने चेतावनी दिएका छन् ।
ईलाममा आयोजित चुनावी सभालाई संवोधन गर्दै ओलीले एमालेलाई बहुमत ल्याउन नदिन पाँच दल लागेको भन्दै उनीहरुलाई चुनावबाट बढार्ने दाबी गरे ।
झलनाथ खनालप्रति ईगिंत गर्दै उनले एमालेले लगाईदिएको फुलि उतार्नु पर्दैन ? अनि एमाले बिरुद्ध लाग्ने भन्दै उनले आक्रोश पोखे ।
झलनाथ खनाल, स्थानीय तहका एकीकृत समाजवादीमा लागेका प्रमुखहरुप्रति ओलीले आक्रोश व्यक्त गरेका हुन् ।
उनले निर्वाचन आयोगले मतपत्रमा हरियो रंग प्रयोग गरेकोमा आपत्ति जनाउदै काँग्रेसको रुख हरियो पार्न मत पत्रै हरियो बनाएको भन्दै निर्वाचन आयोगको आलोचना गरे ।
त्यसै गरी उम्मेद्धार मनोनयन बैशाख ११ र १२ गते दुई दिन गर्न सकिने समय राखेकोमा पनि ओलीले बिरोध गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline