चैत्र ५ काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनताले ऐन नियम उलंघन गर्दा जेल जानु पर्ने हुन्छ भने संविधान उलंघन गर्ने एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई अब जनताले झन ठूलो सजाय दिनु पर्ने बताएका छन् ।
पार्टीको गुल्मी काठमाण्डौँ सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले ओलीले संविधानको प्रावधान बिपरीत गएर पटक पटक संसद विघटन गरेकाले अबको निर्वाचनमा जनताले एमालेलाई सजाय दिनु पर्ने बताए ।
अबको चुनावमा केपी मतपेटिकामा ओलीको मत शुन्य बनाउनु पर्ने खनालको माग छ ।
ओलीले आपराधीक काम गरेकाले उनले सजाय पाएपछि मात्रै संविधानको रक्षा हुने खनालको तर्क छ ।
अबको स्थानीय तहको चुनावमा खास खास ठाँउमा मात्रै तालमेल हुने तर धेरै ठाँउमा आफ्नै खुट्टामा उभिएर चुनाव लड्नु पर्ने खनालले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline