चैत्र ५ काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति तीव्र आक्रोश पोखेका छन् ।
यो गठबन्धन जनताले नभएर अदालतले बनाईदिएको भन्दै यसलाई जनताको आगनमा लगेर पछार्ने चेतावनी दिए ।
आज एमाले सम्पर्क समन्वय कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुद्दा जितेर आएका झगडियाहरुलाई जनतामा जाने अधिकार नै नरहेको बताए ।
नेपाली काँग्रेससँग जनतामा जाने कुनै एजेण्डा नभएको ओलीले जिकिर गरे । अरुको त के कुरा काँग्रेसकै स्थिति एजेण्डा बिहीन छ , ओलीले भने ।
यी पाँच पार्टी मिलेर आए पनि स्थानीय चुनावमा एमाले एक्लैले जीत्ने भन्दै यही चुनावले संघ र प्रदेशको चुनावलाई पनि संकेत गर्ने भएकाले मजाले खट्न कार्यकर्तालाई निर्देशन दिए ।
गठबन्धन भनेको स्यालहरुको मोर्चा हो, यसले हात्ती ( एमाले ) को शिकार गर्न सक्दैन, ओलीले भने ।