काठमाडौं चैत्र ४। संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदैछ ।
गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका ५२ मुद्दा अवरुद्ध हुँदै आएका सोही मुद्दाको आज सुनुवाई हुन लागेको हो ।
अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा गत २०७८ भदौ १७ गते जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् ।
सोहि रिट निवेदन शुक्रबार पेशीमा चढ्ने भएको छ । सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी पठाईदिन आग्रह गर्दै पत्र समेत लेखिसकेको छ ।
ओली सरकारले नियुक्त गरेका संवैधानिक पदाधीकारी हटाउनु पर्ने माग गर्दै मुद्धा दायर भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline