स्थानीय चुनाव र गठबन्धनबारे तीन शीर्ष नेताबीच छलफलः चुनाव समयमै गर्ने, सकेसम्म तालमेल गर्ने

स्थानीय चुनाव र गठबन्धनबारे तीन शीर्ष नेताबीच छलफलः चुनाव समयमै गर्ने, सकेसम्म तालमेल गर्ने

  • बिहिबार, चैत्र ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

चैत्र ३ काठमाण्डौँ । गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज बालुवाटारमा छलफल भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच छलफल भएको हो ।
छलफलमा चुनाव तोकिएकै समयमा गर्ने, सकेसम्म गठबन्धनभित्र चुनावी तालमेल गर्नेबारे छलफल भएको छ ।
यो छलफलमा चुनावको तयारीबारे कुराकानी भएको माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिए ।
यसै गरी चैत्र १५ पछि आचार संहिता लागू हुने भएकाले त्यस अघि नै केही मन्त्री हेरफेर गर्ने वा नगर्ने भन्ने बारे सल्लाह भएको बुझिएको छ । खाली रहेको केही मन्त्रालय र कार्यसम्पादन गर्न नसकेका कतिपय मन्त्री हेरफेर गर्ने बारे कुराकानी भएको स्रोतको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ