वुटवल चैत्र ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेसले लखेटिरहने स्थिति आएमा एमालेसँग तालमेल वा गठबन्धन गर्ने कुराको संभावना जीवित रहने संकेत दिएका छन् । तर चुनावमा पार्टी आफ्नै तागतमा जनतामा एजेण्डा लिएर जाने उनले स्पष्ट पारे ।
आज वुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेसँग तत्काल सहकार्यको संभावना नरहेको भन्दै प्रचण्डले आगामी निर्वाचनमा यही गठबन्धनभित्र सापेक्ष तालमेल हुने बताए ।
सबै ठाँउमा नभए पनि निश्चित ठाँउमा तालमेल र केही ठाँउमा स्वस्थ्य प्रतिस्पर्धा हुने भन्दै प्रचण्डले काँग्रेसका केही नेताले गठबन्धन गर्न नहुने भन्दै बताईरहे पनि आधिकारीक नेतृत्व सभापति देउवा गठबन्धन बचाउने पक्षमा रहेकाले यो जोगिने आशावादी रहेको बताए ।
तर काँग्रेसको व्यवहार ठीक नभएमा मात्रै एमालेसँग तालमेलको कुरा असंभव नहुने उनले बताए । केही दिन अघि ओलीलाई आफूले भेट्दा पूर्वाग्रहपूर्ण ढंगले सभामुखलाई कार्बाही गर्नुस्, १४ जना सांसद हटाउनुस् , १९ बुदे फिर्ता लिनुस् भन्दै माग गरेको देखेर आफूलाई किन भेट्न आईए छ जस्तो महसुस भएको प्रचण्डले सुनाए ।
अहिले पनि नेपालको संविधान र परिवर्तनलाई असफल तुल्याउन देशी विदेशी शक्तिकेन्द्रहरु लागि परेकाले त्यसलाई रोक्न गठबन्धनको आवस्यकता रहेको उनले बताए ।