चैत्र २ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन पार्टीका लागि सामान्य निर्वाचन मात्रै नभएर जीवन मरणको संघर्षको सवाल भएको भन्दै डटेर लाग्न नेता कार्यकर्तालाई निर्देशन गरेका छन् ।
आज प्रज्ञा भवनमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादीलाई समाप्त पारेर देशमा दुई दलीय प्रणाली लागू गर्न खोज्ने षड्यन्त्र भईरहेको भन्दै पार्टीका लागि यो निर्वाचन लाईफ एन्ड डेथ बनेको बताए ।
देशी विदेशी प्रतिकृयावादीहरु देशमा माओवादीलाई परास्त गर्ने षड्यन्त्रमा लागेको दाबी गर्दै प्रचण्डले निर्वाचनमा गठबन्धन बन्ला र झर्ला र खाँउला भनेर बस्न नहुने भन्दै पुरै तागतका साथ आफ्नै खुट्टामा उभिएर निर्वाचनमा जाने बताए ।
उनले काँग्रेस र एमाले जालझेल गरेर निर्वाचन जित्न खप्पीस रहेको भन्दै माओवादी ईमान्दार भएकाले जालझेल नगरी जनतामा जाने बताए ।