आउदो चुनावमा देशभरको ७० प्रतिशत स्थानीय तहमा एमाले एक्लैले जीत्ने ओलीको दाबी

आउदो चुनावमा देशभरको ७० प्रतिशत स्थानीय तहमा एमाले एक्लैले जीत्ने ओलीको दाबी

  • मङ्लबार, चैत्र १, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

चैत्र १ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरको ७० प्रतिशत स्थानीय तह एमाले एक्लैले जीत्ने दाबी गरेका छन् ।
पार्टी निकट अखिल नेपाल महिला संघको बैठकलाई संवोधन गर्दै ओलीले एमालेले ६० देखि ७० प्रतिशत सम्म स्थानीय तहमा जीत्ने ब्रिफिङ गरेका हुन् । ७० प्रतिशत भनेको ५२७ वटा स्थानीय तह हुन्छ । देशभर कुल ७५३ वटा स्थानीय तह रहेको छ ।
अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिए । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए । ‘नेकपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने ? माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’ ओलीले भने ।
उनले ५ दललाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै उनीहरु परामादेशी भएको र एमाले जनादेशी भएको दाबी गरे ।
परमादेशी र जनादेशीको बीचमा लँडाई भईरहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ