सात हजार पीडित मृगौला प्रत्यारोपणको प्रतिक्षामा, आफन्त बाहेकले पनि दान गर्न मिल्ने कानुन बनाउदै सरकार !

सात हजार पीडित मृगौला प्रत्यारोपणको प्रतिक्षामा, आफन्त बाहेकले पनि दान गर्न मिल्ने कानुन बनाउदै सरकार !

  • मङ्लबार, चैत्र १, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परेका बेला आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भएको छ ।
नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार सहज हुनेछ ।
नेपालमा बढ्दो मृगौला रोगीको उपचार स्वदेशमै सम्भव भएपनि दाता नहुँदा धेरैले प्रत्यारोपको अभावमा ज्यान गुमाउने गरेका छन । आफन्त बाहेकले मृगौला दान गर्न नपाउने कानून संशोधन गरेमा भने दाताको संख्या उल्लेख्य हुने र मृगौला रोगीका लागि वरदान साबित हुनेछ।
विश्व मृगौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले यस्तो कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको बताए । आफन्त बाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार अझै सहज हुन उनको भनाई छ ।
मृगौला रोगीका निम्ति जीवनदानका लागि अंगदानमा प्रोत्साहित गर्नुपर्ने किष्ट मेडिकल कलेजका प्राचार्य प्रा. डा. बालमानसिंह कार्की बताउँछन् ।
मृगौला दाता नहुँदा प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता कायमै रहेको भन्दै मृत्युपश्चात अंगदानप्रति जनचेतना जगाउनु आवश्यक रहेको डा.दिव्या सिंह शाहले बताए ।
मस्तिष्क मृत्युपश्चात अंगदानलाई सरल र सहज बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयले काम गरिरहेको सचिव डा.रोशन पोखरेलको भनाई छ ।
कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले उपचारपद्धतिमा विज्ञानप्रविधिले थपेको आयाम प्रयोगले स्वास्थ्य क्षेत्रमा ठूलो विकास भएको बताए।
उच्च रक्तचाप, मधुमेहजस्ता रोगका साथै तनाबग्रस्त जीवनशैली र अस्वस्थकर खानपिनले मिर्गौला बचाउनु चुनौतिपूर्ण बनेकाले यसतर्फ सतर्क रहनुपर्ने सुझाव चिकित्सकको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हालसम्म ३० लाख मानिसमा मिर्गौलाको समस्या रहेको र वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुने गरेको छ । हालसम्म २५ सय जनामा मृगौला प्रत्यारोपण भइसकेको र ७ हजार जना डाईलासिस गराएर प्रत्यारोपणको पर्खाइमा छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी