फागुण ३० काठमाण्डौ । ७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा भाग लिएको मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले यस पटकको निर्वाचन भने बहिष्कार गर्ने घोषणा गरेको छ ।
उक्त पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचनमा अन्य दलहरुले पैसाको खोलो बगाउने र स्वच्छ प्रतिस्पर्धा नहुने भन्दै बहिष्कारको निर्णय गरिएको हो । ७४ सालको स्थानीय तहको निर्वाचनमा सो पार्टीले कुनै पनि पालिकामा जीत हात पार्न सकेको थिएन ।
वैद्यद्धारा जारी विज्ञप्तिमा यो निर्वाचन उपयोग सार्थक नबन्ने भन्दै बहिष्कार आन्दोलन सफल पार्न दुई महिने अभियान चलाउने पनि जनाएका छन् ।
एमसीसी अनुमोदनले समेत नेपालमा अमेरीकी सैन्य अखडा बन्ने खेल भन्दै बैद्यले विरोध जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline