केन्द्रमा निर्णय नभए पनि चुनावका लागि अर्घाखाँचीमा जिल्लाभरका स्थानीय तहमा पाँच दलबीच गठबन्धनको घोषणा

केन्द्रमा निर्णय नभए पनि चुनावका लागि अर्घाखाँचीमा जिल्लाभरका स्थानीय तहमा पाँच दलबीच गठबन्धनको घोषणा

  • सोमवार, फाल्गुन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

फागुण ३० अर्घाखाँची । केन्द्रमा गठबन्धनको कुनै सहमति नहुँदै अर्घाखाँचीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धन भएको छ ।

आज संयुक्त गठबन्धनले सदरमुकाम सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर चुनावी एकताबारे जानकारी गराएको हो ।

जसअन्तर्गत स्थानीय तह निर्वाचन, प्रदेश र संघसम्मको निर्वाचनका लागि गठबन्धन कायम रहने कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए ।

बैठकमा कांग्रेसबाट केशव श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट छमकुमारी चिनारी, नेकपा एकीकृत समाजवादीका रामबहादुर चौहान, राष्ट्रिय जनमोर्चाका सेरबहादुर बिसी, थम्मन केसी, समाजवादी पार्टीका जिन्दग खड्का लगायत सहभागी थिए ।

बैठकले चुनावी अभियानलाई चैत्र ११ गतेदेखि घरदैलो अभियानका रुपमासँयुक्त रुपमा लैजाने निर्णय समेत गरेको छ ।
उनीहरुले आन्तरीक रुपमा उम्मेद्धारी दर्ता अघि पालीका र वडाहरु एवं जिल्ला समन्वय समितिमा भागबण्डा गर्ने रणनीति बनाएको पनि बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ