दशगजामा भारतले एकतर्फी ड्याम सहित सडक बनाउदै, नेपाली भूमि डुबानमा पर्ने खतरा

दशगजामा भारतले एकतर्फी ड्याम सहित सडक बनाउदै, नेपाली भूमि डुबानमा पर्ने खतरा

  • सोमवार, फाल्गुन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

फागुण ३० काठमाण्डौँ । भारतले नेपाली सीमा क्षेत्रमा नियम विपरीत धमाधम ड्याम सहितको सडक बनाउन शुरु गरेको छ । यसले बर्षातमा नेपाली भुभागमा डुबान बढ्ने भन्दै सीमा क्षेत्रका स्थानीयले चिन्ता जनाएका छन् ।
दुई देशबीचको तल्लो र माथिल्लो तटीय क्षेत्रको आठ किलोमिटरसम्म एकतर्फी ड्याम, ठूला संरचना र प्राकृतिक पानीको बहाव रोकिने संरचना निर्माण गर्न नपाईने अन्तराष्ट्रिय कानुन र सम्झौता बिपरीत भारतले एकतर्फी यो काम गरीरहेको छ । भारतले नवलपरासीको प्रतापपुर गाउँपालिकाको झुलनीपुर नाका नजिकै दशगजाबाट ५० मिटर दूरीमा सडक निर्माण गरीरहेको छ ।
सात फिट अग्लो सडक बनाउदा भारतले काँकी पनि पक्कि पुल र पानीको निकाशीको बाटो बनाएको छैन । जसले नेपाली वस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने निश्चित छ ।
सुस्ता लगायतका क्षेत्रका पीडित स्थानीयले जिल्ला प्रशासन कार्यलय, सुरक्षा निकाय र सरकारलाई यो जानकारी दिँदै यो निर्माण कार्य रोक्न पहल गर्नु पर्ने माग गरेपनि सरकारले कुनै पहल गरेको छैन ।
लामो समय भारतीय अत्याचार सहेर पनि सुस्ता जोगाउदै आएका स्थानीयले सरकारले यसमा तत्काल पहल नगरे यो क्षेत्र सँधैका लागि डुबाउमा पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी