फागुण ३० धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद अवरोध गरेर एमालेले अनावस्यक दुखः दिईरहेको भन्दै तर पनि संसद भंग गरेर अर्लि ईलेक्सनमा जाने संभावना नरहेको स्पष्ट पारेका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले बैशाख ३० मा स्थानीय तहको निर्वाचन घोषण भएकाले सोही बमोजिम अघि बढ्ने बताए ।
उनले अबको चुनाव पार्टीले आफ्नै शक्तिमा लड्ने भन्दै आवस्यकता अनुसार गठबन्धन भित्र तालमेल हुने बताए ।
प्रधानमन्त्री देउवा गठबन्धनको पक्षमै रहेकाले सहज भएको बताउदै प्रचण्डले तर पनि मुख्य जोड आफ्नै तागतमा चुनाव जीत्नेमा रहने बताए ।
यसै गरी सुदुरपश्चिम प्रदेश सरकारमा काँग्रेसलाई सहभागी गराउने सहमति भएको पनि उनले बताए ।
सुदुरपश्चिममा एकीकृत समाजवादीका केही मन्त्रीलाई फिर्ता बोलाएर काँग्रेसलाई सहभागी गराउन पहल भएको बताए ।
उनले जनयुद्धका बारेमा आफूहरुको जीवनकाल पछि पनि पक्ष बिपक्षमा बहस भईरहने भन्दै उनले यस्ता विषयलाई सामान्य रुपमा लिनु पर्ने बताए ।
खाडीमा रहेका हजारौँ युवाहरुसँग आफूले भेट्दा सकारात्मक प्रतिकृया दिएको स्मरण गर्दै उनले जनयुद्धलाई शान्ति प्रकृयामा ल्याउदा सकारात्मक नकारात्मक दुबै प्रतिकृया हुनु स्वभाविक भएको उनले बताए ।