फागुण ३० हुम्ला । कर्णाली प्रदेशको हुम्ला जिल्लामा जनता समाजवादी पार्टीका चार केन्द्रीय सदस्य सहित एक हजार बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जिल्लाको अधिकांश नेता र कमिटि नै पार्टी समायोजनको रुपमा माओवादीमा जोडिएका हुन् ।
आज बिहान एक कार्यक्रमका बीच उनीहरुलाई पूर्व मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले पार्टीमा स्वागत गरेका हुन् ।
विरजङ्ग शाहीसहित ४ जना केन्द्रीय सदस्य, १५ जना प्रदेश सदस्य, ८३ जना जिल्ला कमिटी सदस्य र जिल्लाभित्रका सबै स्थानीय तह अन्तर्गतका समिति सदस्यसहित एक हजार एक सय नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । यसले बाबुराम भट्टराईको प्रभाव हुम्लामा कमजोर बनेको बिष्लेषण शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline