अमेरीकाले एमसीसी अनुमोदन गराएपछि चीन बिआरआईका लागि सक्रिय, चैत दोस्रो साता विदेशमन्त्रीको भ्रमण हुने

अमेरीकाले एमसीसी अनुमोदन गराएपछि चीन बिआरआईका लागि सक्रिय, चैत दोस्रो साता विदेशमन्त्रीको भ्रमण हुने

  • सोमवार, फाल्गुन ३०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

फागुण ३० काठमाण्डौँ । नेपालमा चर्को विरोध र आलोचनाका बीच एमसीसी परियोजना संसदबाट अनुमोदन भएपछि अब छिमेकी चीनले पनि २०१७ मा सम्झौता भएको बिआरआई परियोजना अघि बढाउन सक्रियता देखाएको छ ।
एमसीसी अनुमोदनका लागि अमेरीकाले दिएको दबाबको चीनले खुलेर बिरोध गरेको थियो ।
त्यसका बाबजुद नेपालका राजनीतिक दलहहरुले १२ बुदे ब्याख्यात्मक घोषणा सहित एमसीसी अनुमोदन गराएका थिए ।
त्यसपछि चीनले बिआरर्आका बारेमा चासो दिन शुरु गरेको हो । बेल्ट एण्ड ईनिसिएटिभ यो संसारको ईतिहासमा हाल सम्मकै सबै भन्दा बिशाल चीनीया परियोजना हो । यसमा हाल सम्म विश्वका एक सय २५ बढी देश सहभागी भईसकेका छन् ।
पाकिस्तान,बंगलादेश, श्रीलका, ईन्डोनेशिया लगायत संसारका ठूला देशहरुले यसमा सहभागी भएर अर्बो डलरका परियोजना सम्पन्न गरीसकेको अवस्थामा समेत नेपालले सक्रियता नदेखाउदा यस अन्तर्गतका परियोजना नेपालमा शुरु हुन सकेको छैन ।
नेपालले केरुगं काठमाण्डौ रेल लगायत विभिन्न परियोजना प्रस्ताव गरेपनि ठोस सम्झौता गरेको छैन ।
अब चैत्र १२ गते काठमाण्डौँ आउने चीनीया विदेशमन्त्री वांग यी नेपालका राष्ट्रपति प्रधानमन्त्री र दलका शीर्ष नेताहरुलाई भेटेर यस बारेमा ठोस छलफल गर्ने बताईएको छ ।
अहिले नेपालले चीनीया विदेशमन्त्रीको भ्रमणका लागि तयारी तीव्र बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ