केपी ओलीप्रति कड्किदै गिरीजालाई राष्ट्रपति नबनाएकोमा पछुतो माने प्रचण्डले

केपी ओलीप्रति कड्किदै गिरीजालाई राष्ट्रपति नबनाएकोमा पछुतो माने प्रचण्डले

  • आइतवार, फाल्गुन २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

फागुण २९ विराटनगर । विराटनगर स्वर्गीय गिरीजा प्रसाद कोईरालाको गृहनगर , राजनीतिक आन्दोलनको केन्द्र पनि हो ।
आज सोही बिराटनगरमा माओवादी केन्द्रले राजनीतिक बैचारिक प्रशिक्षण कार्यक्रमको आयोजना गर्यो चुनावको तयारीका लागि ।
यही बेला प्रचण्डले गिरीजा प्रसाद कोईरालालाई सम्झिए र अनेक पछुतोका कुरा कोट्याए ।
विचरा त्यो बुढो मान्छे, उसैले हस्ताक्षर गरेर शान्ति सम्झौता भएको थियो,’ गिरिजालाई सम्झँदै उनले भने, ‘उनैलाई राष्ट्रपति बनाएको भए के हुन्थ्यो ? मेरो बुद्धि । के बुद्धि होला ? क्रान्तिकारी भनेर त्यो रुक्माङ्गत कट्वाललाई किन हटाएको होला । छेउमा बसेको बाबुराम र बादल छन् । उनीहरुले ठोक ठोक भने मैले पनि ठोकिदिएँ । त्यसपछि राष्ट्रपति पनि गयो, प्रधानमन्त्री पनि गयो सबै गयो ।’ प्रचण्डले सम्झिए ।
प्रचण्डले एमसिसीको विषयमा भएको छलफलका क्रममा देव गुरुङले राष्ट्रिय स्वाधिनता भनिनसक्दै एमाले अध्यक्ष केपी ओली भने पाखुरा सुर्किएर कड्किएको स्मरण गरे ।

‘देउवा बालकोट गएको गयै गरेपछि हामी पनि किन नजाने भनेर एमसिसीको विषयमा छलफल गर्न ओलीजीकोमा गयौं,’ प्रचण्डले ओलीसँग भएको एक्लाएक्लै भेटको स्मरण गरे, ‘त्यसबेला मैले धेरै मिठो भाषामा भने, राष्ट्रिय संकटको बेलामा लेफ्टहरु त मिल्नै पर्छ नि भने । तर, ओलीले पहिले अग्निलाई हटाउनु होस्, १४ सांसद हटाउनु होस्, अनि १९ पृष्ठ लामो प्रतिवेदन फिर्ता लिएको सार्वजनिक घोषणा गर्नुहोस् भने । त्यसपछि म झसंग भएँ,’ प्रचण्डले भने, ‘फेरि अर्को पटक भएको छलफलमा केपीसँग देव गुरुङले राष्ट्रिय स्वाधिनताको विषयमा मात्रै के भन्नुभएको थियो, केपी ओलीले के को राष्ट्रियता जस्ताको तस्तै एमसीसी पारित गर्नुपर्छ भनेर कड्किए ।’
उनले सबै घटनाक्रम हेर्दा माओवादीलाई समाप्त पारेर देशमा दुई दलीय व्यवस्था ल्याउने कसरत गर्ने कोशिस भईरहेको भन्दै माओवादीले हार्दा राष्ट्रले हार्ने र क्रान्तिको उपलव्धि गुम्ने खतरा रहेको बताए ।
उनले जनताको बीचमा गएर पार्टीका एजेण्डाहरुलाई बलियोसँग स्थापित गरेर अब निर्वाचन जित्नु पर्ने पनि प्रचण्डले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ