फागुण २९ विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले त्यसमा पनि मुख्य नेतृत्व केपी ओली प्रतिगमनको पक्षमा उभिएको दाबी गरेका छन् । विना कारण दुई दुई पटक संसद विघटन गरेको र अहिले पनि विना कारण संसद बन्द गरीरहेर उसले प्रतिगमनको पक्षमा आफूलाई उभ्याएको दाबी प्रचण्डले गरे ।
आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले १४ सांसदका बारेमा सर्वोच्चमा मुद्धा बिचाराधीन रहेकाले संसदले वा सभामुखले केही गर्न सक्ने अवस्था नरहेको थाहा हुँदा हुँदै पनि संसद विघटन सही थियो भन्ने देखाउन मात्र एमालेले संसद अबरुद्ध गरिरहेको बताए ।
उनले आगामी निर्वाचन प्रतिगमन र प्रगतिवादीशक्तिका बीचको प्रतिस्पर्धाको रुपमा हुने भन्दै संघीयता, धर्मनिरपेक्षता , समानुपातिक, समावेशीताको मुद्धा सबै एजेण्डाको हिशाबले माओवादी पहिलो शक्तिका रुपमा रहेको बताए ।
अब यी नै एजेण्डालाई लिएर पार्टीका सबै नेता कार्यकर्ता गाँउ गाँउ र जनताको घर घरमा गएर अभियानमा लाग्ने पनि उनको भनाई छ ।
आउने चुनावमा गठबन्धन पहिलो कुरा नभएको भन्दै पार्टी आफ्नै खुट्टामा उभिने तर आवस्यक र संभव भए काँग्रेस र अन्य वामपन्थी गठबन्धन बन्न सक्ने उनले बताए ।
उनले एमालेको अवरोधकै बीच पनि घोषित विधेयक अघि लैजाने घोषित चुनाव पनि तोकिएकै मितिमा हुनेमा विस्वस्त रहन आग्रह गरे ।
प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठ प्रदेश १ को पार्टी कार्यकर्ताहरुको प्रशिक्षणका लागि विराटनगर पुगेका हुन् ।