फाल्गुन २८, सुर्खेत । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सुर्खेतका दुई वटा शहकारीमार्फत लिएको सहुलीयत कर्जाा समयमानै तिरेका असल व्यावसायीलाई ६० प्रतिशत ब्याज अनुदान वितरण गरेको छ ।
जिल्लाका दुई वटा सहकारी संस्था पौरखी बचत तथा ऋण सहकारी संस्था एवं वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका असल व्यवसायीहरुलाई कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीको उपस्थितीमा ६० प्रतिशत ब्याज अनुदान वितरण गरिएको हो ।
सुर्खेत प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आतिथ्यतामा आयोजित अनुदान वितरण कार्यक्रममा उक्त शहकारीलाई ब्याज अनुदान वितरण गरिएको थियो । स्वरोजगार कोषले १८ देखि ६० बर्ष उमेर समूहका यूवाहरुलाई सहकारी मार्फत बिना धितो ४ प्रतिशत ब्याजमा सहुलीयतपूर्ण कर्जा उपलब्ध गराउदै आएको छ । सहकारी संस्थाले भने ८ प्रतिशतमा कर्जा प्रवाह गर्ने गर्दछन् ।
कोषले नियमित रुपमा किस्ता तिर्ने सहकारीलाई ६० प्रतिशत ब्याज अनुदान वापत फिर्ता गर्ने गरेको छ । उक्त अनुदान सहकारीमार्फत व्यावसायीले पाउने गर्दछन् ।

युवाहरुको श्रम र सीपलाई सदुपयोग गरी देशको विद्यमान वेरोजगारी समस्याको समाधानाका लागि वेरोजगार युवाहरुलाई स्वरोजगारका अवसरहरु सृजना गर्ने उद्देश्यले नेपाल सरकारले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०६३ को दफा २ अनुसार २०६५ सालमा कोष स्थापना गरिको हो ।
आर्थिक रुपले विपन्न वेरोजगार युवाहरुलाई स्वदेशमा नै कृषि, कृषिजन्य तथा सेवा व्यवसाय जस्ता स्वरोजगार मूलक कार्यक्रम संचालन गर्न सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराई आर्य आर्जनमा बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउनु कोषको मुख्य उद्देश्य छ ।कार्यक्रममा कोषका कार्यकारी निर्देशक अधिकारीसहित वित्तीय जन जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोष, बीमा समिति निर्देशक दिनेश कुमार लाल लगायतको उपस्थिति थियो ।