एमाले र काँग्रेस बोरामा पैसा बोकेर चुनावमा जाँदैछन्, एक नम्बरमा मलाई हराउने टार्गेट गरेका छन्ः खनाल

एमाले र काँग्रेस बोरामा पैसा बोकेर चुनावमा जाँदैछन्, एक नम्बरमा मलाई हराउने टार्गेट गरेका छन्ः खनाल

  • शनिबार, फाल्गुन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

फागुण २८ काठमाण्डौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले काँग्रेस र एमाले बोरामा पैसा बोकेर चुनावमा जाने बताएका छन् ।
काठमाण्डौँ ईलाम सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा खनालले बोरामा पैसा बोकेर जाने र जीतको धाक लगाउने काम उनीहरुले गरीरहेको बताए ।
ईलाममा एक नम्बरमा हराउनु पर्ने मान्छे भनेर झलनाथ खनालको नामै लिएर दुबै पार्टीको बैठक बसेको सूचना पाएको पनि खनालले बताए ।
तर उनले कार्यकर्ताहरुलाई काँग्रेस र एमाले उस्तै पार्टी भएको र त्यो पूजीवादी पार्टी भएको भन्दै जनतामा क्रान्तिकारी र समाजवादी बिचार लिएर उत्रन अपील गरे ।
काँग्रेस भन्दा एमाले पनि फरक छैन दुबैको लक्ष्य पूजीवाद हो , एमाले पनि भाईकाँग्रेस भईसक्यो । त्यसैले जनतामा जाँदा यो कुरा लिएर जानु पर्यो , तालमेल र गठबन्धन हुन सक्ने ठाँउमा त्यसरी नै जानु पर्यो , एक्लै जीत्न सक्ने ठाँउमा पनि त्यसरी नै लाग्न पर्यो , खनालले अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ