मैले ईतिहासमा सबै भन्दा धेरै विदेशी शक्तिहरुको डरलाग्दो धम्की सहेको छु, जनताले मुल्यांकन गर्नेछन्ः प्रचण्ड

मैले ईतिहासमा सबै भन्दा धेरै विदेशी शक्तिहरुको डरलाग्दो धम्की सहेको छु, जनताले मुल्यांकन गर्नेछन्ः प्रचण्ड

  • शनिबार, फाल्गुन २८, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

फागुण २८ नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रकृया टुंगोमा पुर्याउन र नयाँ सविधान निर्माण गर्ने क्रममा आफूले ईतिहासमा सबै भन्दा धेरै बिदेशी शक्तिको दबाब र धम्की झेलेको बताएका छन् ।
नुवाकोटको बिदुरमा आज स्वर्गीय नेता पोष्ट बहादुर बोगटीको शालिक अनाबरणपछि आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले कुन कुन शक्तिले कस्तो धम्की दिएको नखुलाएपनि दबाब आएको स्मरण गरे ।
निकै ठूलो जोखिम मोलेर नेपालको शान्ति प्रकृया टुंगोमा पुर्याउन र संविधान बनाउन आफू लागी परेको र जनताले त्यसको मुल्याकंन गर्ने उनले बताए ।
आफूले स्वर्गीय काँग्रेस नेता एवं पूर्व प्रधानमन्त्री शुसील कोईरालालाई सेना समायोजनको काम एक दिन पनि ढिलो नगर्न भन्दै झक्झक्याएको, केपी ओलीलाई संविधान बनाउन सहयोग गर्नुस्, प्रधानमन्त्री प्रस्ताव गर्छु भनेर सहमत गराएको पनि दाबी गरे ।
एमसिसीमा विभाजित भएको राजनीति र देशलाई एकतावद्ध गरिएको भन्दै प्रचण्डले १२ बुँदे घोषणाले नयाँ बाटो निकालेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ